सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

सोमबार, माघ १७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, १७ माघ ।  सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार