अतिविपन्न सुत्केरी आमालाई सहयोग

सोमबार, माघ १७, २०७८

सिमकोट,  १७ माघ । जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई  चामल,  दाल,  नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिए ।  जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो छ । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।–रासस
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार