सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढी

सोमबार, माघ १७, २०७८

काठमाडौँ, १७ माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमित हुनुभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । आज १६ हजार ८८ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ । 
यस्तै  सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ हजार १९१ पुगेको छ । यो दर ९०।५ प्रतिशत हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ ।  

आठ जनाको निधन
विगत २४ घण्टामा आज आठजनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ७४३ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ  ।  यस्तै ५००  भन्दा बढी सङ्क्रमण भएको जिल्ला १८ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।  यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।  नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । 

तीन लाख बढीले लगाए  खोप
विगत २४ घण्टामा आज तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज तीन लाख ६९ हजार २२६ मात्रा लगाइएको छ । 

प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पिसिआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा सात, सङ्खुवासभा र पाँचथरमा तीनरतीन, इलाम र भोजपुरमा दुईरदुई, तेह्रथुम र खोटाङमा  एकरएक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा आठ, पथरीशनिश्चरेमा सात, कटहरी र सुन्दरहरैचामा छरछ, जहदामा चार, बूढीगङ्गा र कानेपोखरीमा तीनरतीन, रतुवामाई र मिक्लाजुङमा दुईरदुई, ग्रामथान, सुनवर्षी र स्थानीय तह नखुलेका एकरएक, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा आठ, अर्जुनधारामा सात, गौरादहमा छ, मेचीनगरमा छ, शिवसताक्षी, हल्दिबारी,  कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीनरतीन, बाहृदशीमा दुई, कचनकवलमा एकजनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  
यस्तै सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा चार, बर्जुमा तीन, इनरुवा र बराहक्षेत्रमा दुईरदुई, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा सात, पाख्रिबासमा दुई, छथरजोपाटीमा एक, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा एकर-एक र स्थानीय तह नखुलेका दुई, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा एकरएकजनामा सङ्क्रमण देखिएको छ । 
पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका एकर-एक, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एकरएक, भोजपुरको हतुवागढीमा दुई, तेह्रथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा  एकरएक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  प्रदेश १ मा आज  ३८२ महिलासहित ८४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७१७ रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार