अर्घाखाँचीमा थप एककाे मृत्यु, काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुग्याे

मंगलबार, माघ १८, २०७८

अर्घाखाँची, १८ माघ । काेभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाकाे ज्यान गएकाे छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएकाे हाे । ११ माघमा संक्रमण पुष्टि भएकी महिलाकाे मृत्यु भएसँगै अर्घाखाँचीमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुगेकाे छ ।  अर्घाखाँचीमा हालसम्म काेभिड संक्रमित हुनेकाे संख्या ४ हजार ८ सय ६२ पुगेकाे छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार