सोसल मिडिया
Contact Us
युनिकोड
मङ्गलबारे, १८ माघ । सहयात्रा नामक संस्थाले इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई विभिन्न छ प्रकारका १८ थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसरी हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर एक थान, प्यासेन मनिटर एक थान, सक्सन मेसिन एक थान, नेबुलाइजर एक थान पिपिइ सेट १० थान वितरण गरेको हो । त्यस्तै धोएर पनि प्रयोग गर्न मिल्ने (वासएबल) गाउन चार थान प्रदान गरिएको हो । गाउँपालिकामा एक कार्यक्रममा सहयात्रा नेपाल इलामका अध्यक्ष हेमकुमारी शिवाले गाउँपालिकाका अध्यक्ष शम्सेर राईलाई सो सामग्री हस्तान्तरण गरे । स्वास्थ्य सामग्री पालिकाको कोभिड अस्थायी अस्पताल इरौँटारलाई कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि प्रयोगमा ल्याउने अध्यक्ष शम्सेर राईले बताए । यस्तै यस संंथाले यसअघि पनि जिल्लाका अन्य स्थानीय तहलाई सामग्री वितरण गर्दै आएको छ । गरिब र विपन्न वृद्धवृद्धालाई न्यानो कपडालगायत खाद्यान्नसमेत वितरण गर्दै आएको संस्थाका सविता पाण्डेले बताए । उनले अब पनि अन्य स्थानीय तहलाई स्वास्थ्य सामग्री तथा विपन्नलाई सामग्री हस्तान्तरण गरिने बताए ।