दार्चुलास्थित महाकालीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता

मंगलबार, माघ १८, २०७८

काठमाडौं, १८ माघ : नेपाल र भारतलाई जोड्न दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित भारतीय रातदूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राबीच पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । भारतले अनुदानमा बनाउन लागेको पुल निर्माणको जिम्मा भारतीय पक्षको हो ।  सचिव श्रेष्ठका अनुसार नेपालले जग्गा उपलब्ध गराउने, रुख काट्नु पर्ने भए त्यसको व्यवस्थापन मिलाउने लगायका काम मात्र गर्नुपर्नेछ छ । भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको उनले बताए । केही साता अघि बसेको भारतीय मन्त्रिपरिषद् बैठकले पुल बनाउने निर्णय गरेको थियो । भारतीय राजदूतावासले पुल निर्माणको कार्य चाँडै सुरु हुने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार