पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत 

मंगलबार, माघ १८, २०७८

वासिङटन, १८ माघ । फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपत्कालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । यो संयुक्त राज्य अमेरिकाको अन्तिम उमेर समूह हो जुन अहिलेसम्म कोरोनभाइरस खोपका लागि योग्य मानिएको छैन ।
द न्यु योर्क टाइम्स तथा अन्य सञ्चारमाध्यमहरूले मंगलबारको सुरुतिर पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्नसक्ने जनाएका हुन् । यो कदम संयुक्त राज्य अमेरिकामा ओमिक्रोन विविधताको लहर घट्दै गएकोले आएको हो । अमेरिकी अविभावकले अझै पनि स्कूल बन्द गर्ने सरकारी निर्णय र आफ्ना खोप नलगाएका छोराछोरीको स्वास्थ्य चिन्ता लिएर बस्न बाध्य छन् । गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका केटाकेटीका लागि फाइजरको कोभिड–१९ बुस्टर मात्रालाई अनुमोदन गरेको थियो । तर रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस उमेर समूहमा खोप लगाउने दर तुलनात्मक रूपमा २२ प्रतिशतभन्दा कम छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार