सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १८ माघ । पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ ।
नौ जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएकोे छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहँु, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत छ । हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।
करिब चार लाखले खोप लगाए
पछिल्लो २४ घण्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख चार हजार ३३३ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन÷तीन, तेह्रथुममा दुई, सङ्खुवासभा र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो । मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार÷चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई÷दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रङ्गेली र बूढीगङ्गामा एक÷एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच÷पाँच, कनकाई र बुद्धशान्तिमा चार÷चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक÷एक जनामा सङ्क्रमण देखिएको छ । यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन÷तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई÷दुई, रामधुनी र कोशी गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक÷एक, उदयपुरको कटारी र त्रियुगामा दुई÷दुई, चौदण्डीगढी र बेलकामा एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक÷एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक÷एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा एक÷एक तथा प्रदेश बाहिरका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा ७७२ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २४३ रहेको छ ।
सुदूरपश्चिममा थप २४६ जनामा कोरोना सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा एन्टीजेनमार्फत १५८ जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा १३ र एन्टीजेनमार्फत कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेल्धुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १८८ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि सोमबार सुदूरपश्चिममा ४१३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९४ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ ।