सङ्क्रमणमुक्त हुने दोब्बर (अपडेट)

बुधबार, माघ १९, २०७८

काठमाडौँ, १९ माघ । देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिइन्।  यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उहाँले बताउनुभयो । हालसम्म आठ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ ।  

बाह्र जनाको ज्यान गयो 
मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा सङ्क्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिनुभयो । हालसम्म ११ हजार ७६४ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । 
यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । 
यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८।३ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ । 
आज करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले  आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ । 

सुदूरपश्चिम स् थप २०३ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा बुधबार थप २०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९६८ जनाको नमूना परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  
पीसीआरमार्फत ६७ र एन्टिजेनमार्फत १३६ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ५३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा २४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १८८ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ । 
प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ सय २० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२ मध्ये विराटनगरमा ४८, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा आठ, धनकुटामा तीन, इलाम र पाँचथरमा दुई÷दुई, सङ्खुवासभामा एक र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २१३ महिलासहित ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमित पाँच हजार दुई रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार