एमसिसी सहमतिमा पास गर्न गठबन्धनका शीर्ष नेता सहमत

पाँच दलीय गठबन्धन कायम राख्ने
बुधबार, माघ १९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, १९ माघ : सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो ।  बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो ।  त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार