सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ, १९ माघ । ट्रकको ठक्करबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई रु छ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । मृतकका आफन्तजनले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार र आज जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि उक्त सहमति भएको हो । ट्रकको ठक्करबाट सोमबार राति व्यासनगरपालिका–५ साँघे निवासी विकास विक र अनिल बाचे मगरको मृत्यु भएको थियो । जन्मदिन मनाउन तनहुँको बन्दीपुर जाने क्रममा व्यासनगरपालिका–१२ स्थित देउरालीमा लु१ख ९८३२ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको थियो । दमौलीबाट बन्दीपुरतर्फ जाँदै गरेको ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दुवै जनाको शव दमौली अस्पतालस्थित शवगृहमा राखिएको थियो । सहमतिपश्चात् दुवै जनाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।