सुरक्षित बस्ती स्थानान्तरणको पर्खाइमा याङरी र लार्केका पीडित

बिहीबार, माघ २०, २०७८

सिन्धुपाल्चोक, २० माघ । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका सिन्धुपाल्चोक बरुवाका विस्थापित अझै पाल र टहरामै बस्न बाध्य छन् । चिसो मौसममा कठ्याङ्ग्रिदै दिन रात बिताएका उनीहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल– २ बरुवाका बासिन्दा सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् । याङरी खोला तटीय क्षेत्रमा बस्दै आएका उनीहरुको न कतै जग्गा छ नत बस्ने घर नै छ । जोखिमयुक्त उक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई छिटृै घर बनाउनु पर्ने आवश्यक भएकोे  पीडित  हरिबहादुर तामाङ बताउँछन् । 
पुर्खौली थातथलो छोड्नुपर्ने चिन्तामा रहेका बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट पीडित उनीहरुले  अझैसम्म घर बनाएर बस्ने सुरक्षित ठाउँ पाउनसकेका छैनन् । जग्गा अभावकै कारण पीडितको सुरक्षित आवास निर्माण प्रक्रियासमेत अघि बढ्न नसकेको अर्का स्थानीयवासी पूर्ण थिङ बताउँछन् । 
स्थानीय तहले बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस् काम भएको भने देखिदैन । बर्खायाम सुरु हुनु अगावै पीडितलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतिपूर्ण देखिए पनि पूरा गरेरै छोड्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताउँछन् । यसका लागि प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ । 
निकै विकट यस क्षेत्रमा प्रदेश र केन्दीय  सरकारको ध्यान नपुगेको वडाध्यक्ष पासाङ  लामाको गुनासो छ ।  याङरी खोला थुनिएर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाउनाका साथै १३० घर उच्च जोखिम पु¥याएको छ । बर्खा अगावै आफूहरुलाई सुरक्षित स्थानमा आवाससहित स्थानान्तरण गर्नु स्थानीय सरकारको दायित्व रहेको पीडितहरू बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार