बिहीबार थपिए ३१७५ कोरोना संक्रमित, १४ जनाको मृत्यु  

बिहीबार, माघ २०, २०७८

काठमाडौं, २० माघ । गत २४ घण्टाको अवधिमा मुलुकभर ३१७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२६०५ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । उक्त अवधिमा १००२६ जनाको पीसीआर तथा २७७९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।  आज थपिएका सहित मुलुक भर सक्रिय संक्रमितको संख्या ६३२९६ पुगेको छ भने ८७२३ जना निको भएका छन् । सोही अवधिमा खोप लगाउने नागरिकको संख्या २,६६,५४० पुगेको छ ।

१४ जनाको मृत्यु 
सोही अवधिमा मुलुक भर १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भई हाल १३८ क्यारेन्टाइनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार