कस्तो रहला भोलिको मौसम ?

मौसम पूर्वानुमान महाशाखा भन्छ, 'हल्कादेखि मध्यम हिमपातको सम्भावना' 
बिहीबार, माघ २०, २०७८

काठमाडौँ, २० माघ ।  हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली भई केही स्थानहरुमा मेघगर्जन/चटयाङ/असिना  सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै अन्य प्रदेशमा आंशिकदेखि सामान्य वदली रहेको जल तथा मौसम विज्ञान विभागको मौम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

'हल्कादेखि मध्यम हिमपातको सम्भावना'

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाएको छ । 
देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमन महाशाखाकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार