वर्षाले इँटामा क्षति 

शुक्रबार, माघ २१, २०७८
मयुर प्लाई
Global Ime Bank

तुलसीपुर, २१ माघ । पटक–पटकको बर्सातले  गर्दा दाङमा  करोडौँको इँटामा  क्षति भएको छ । दाङ  देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।  “समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पु¥यायो,” उनले  भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट  हुने गरेको उनको भनाइ छ । यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उनको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् ।  यस  वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग  बन्द हुने अवस्था आएको समेत उनको भनाइ छ । 
यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा रु १६, २ नं इँटाको रु १२ र ३  नं इँटाको रु १० तोकिएको थियो । प्रत्येक इँटामा रु एक वृद्धि गरिएको छ । राज्यले  बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार