सोसल मिडिया
Contact Us
युनिकोड
जाकार्ता । इन्डोनेसियाको केन्द्रीय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्ह्वालाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङ जिल्लाको बुरङ्गा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको जानकारी दिए । पाँचवटा लाश भेट्टिएको र अन्य ७० जना हराइरहेका तीमध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताए । बुधवारदेखि हराएका व्यक्तिको खोजी र उद्धारकार्य शुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरण घटनास्थलमा खटाइएको पनि पामुसुले बताए । सैनिक, प्रहरी, स्थानीय खोजी तथा उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकलगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।– सिन्ह्वा