सिमकोटमा हवाई सेवा अवरुद्ध

आइतबार, माघ २३, २०७८


सिमकोट, २३ माघ । गत बिहीबार र शुक्रबार परेको हिमपातले हवाई सेवा अवरुद्ध भएको छ । सिमकोट विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ ।  साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ । 

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ ।  
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार