सोसल मिडिया
Contact Us
युनिकोड
कसैको रहर सानैदेखि विदेश जाने हुन्छ । त्यो रहर कहिले काहीँ आवश्यकताले उत्पन्न हुन्छ, त कहिले बाध्यताले । तर, म विदेश बाध्यताले आइपुगेँ । लेखपढ गरेको मान्छे देशमै बस्नुपर्छ भन्ने मान्यता थियो । जीवन सोचे जस्तो नहुने रहेछ । माओवादी आन्दोलन उत्कर्षमा पुगेको थियो । म सामाजिक र राजनीतिक गतिविधिमा संलग्न थिएँ । ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ भने झैं म १६ वर्ष अघि म कास्कीबाट ज्यान जोगाउनै नेपालबाट कतार आएँ । कतारको एउटा ट्राभल एजेन्सीमा एकाउन्ट हेर्छु । जहाँ बसे पनि मातृभूमिप्रतिको भावना, माया, प्रेम र सद्भाव सधैं उस्तै छ, उस्तै रहनेछ । महामारीले विश्व नै लकडाउन होला भनेर न आएपछि सोचेको थिएँ, न त नेपाल हुँदा नै । देशै पिच्छेका फरक फरक समस्या, विपत्ति देख्दै, सुन्दै आएको हुँ । तर, विश्वले नै यो अवस्था भोग्ला भन्ने मनको कुनै कुनामा थिएन । कतारमा कोरोना भाइरसको संक्रमण चीनमा देखा परेको झण्डै दुई महिनापछि देखा परेको थियो । अर्थात् सन् २०२० फेब्रअरी १५ देखि कतारमा संक्रमण देखिन थालेको हो । कतार सरकारले मार्च ९ देखि सेमी लकडाउन सुरु ग¥यो । लकडाउन भएपछि ठूला ठूला सपिङ मल, रेल स्टेसनहरू बन्द भए । जीवनयापनका लागि आवश्यक पर्ने क्षेत्र बन्द भएको थिएन । सामाजिक दूरी कायम गर्ने, मास्क लगाएर हिँड्ने, एउटा मोटरमा तीन जनासम्म हिँड्ने पाउने नियम लागू गरेको थियो । महत्वपूर्ण कुरा के हो भने, यो बेलामा कतार सरकारले कोरोना टेस्टलाई तीव्रता दियो । अहिलेसम्म पन्ध्र लाख दुईसय ६१ जनाको कोरोना टेष्ट भइसकेको छ । एक लाख पचास हजार हजार दुई सय २० जना निको भएका छन् । अन्यत्र भन्दा कतारमा संक्रमितहरु छिटो निको भएका छन् । निको हुनेहरूको संख्या उच्च छ, यो यहाँको राम्रो पक्ष हो । कोरोनाको कारण दुई सय ५९ जनाको मृत्यु भएको छ । एक आप्रवासी नागरिकको हैसियतमा भन्नु पर्दा कतार सरकारले कोरोना संक्रमण देखा परेपछि यसको नियन्त्रण गर्न कुनै कसर बाँकी राखेन । आप्रवासी र आफ्ना नागरिकलाई समान तरिकाले सुविधा प्रदान गरेको थियो । र, अहिले पनि छ । उपचारमा पनि कुनै विभेद देखाएको छैन । कतार सरकारको सबैभन्दा राम्रो पक्ष भनेको कोरोना रोकथाममा तन, मन धन लगाउनु हो । सबैलाई समान व्यवहार गर्नु हो । न अस्पतालमा फरक व्यवहार गरेको देखिन्छ । न त, क्वारेन्टिनमा नै । कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको नियमहरु जनताले अक्षरश पालना गरे । हिँड्डुल गर्नेहरु सामाजिक दूरी कायम गर्छन् । विना मास्क हिँड्न पाइदैंन । जनजीवन अहिले सामान्यतर्फ उन्मुख भइरहेको छ । कतार सरकारले सन् २०२० जुन १५ बाट लकडाउन खुकुलो बनाउन सुरु ग¥यो । सेप्टेम्बर १५ देखि त सबै क्षेत्रमा लकडाउन खुकुलो बनायो । स्कुलहरु पूर्णरुपले खुलेका छन्, होटल, सर्वजनिक यातायात, रेल यात्रु संख्या आधा राखेर सञ्चालन भएका छन् । सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्छ ।
फटाफट भ्याक्सिन कतार सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको छ । स्वास्थ्य कर्मी , सुरक्षाकर्मी र सार्वजनिक यातायातमा काम गर्ने श्रमिक र ६० वर्षभन्दा माथिकाले खोप लगाइसकेका छन् । सबै उमेर समूहका दीर्घ रोगीले खोप लगाइसकेका छन् । पचास वर्ष उमेर समूहकालाई छिट्टै खोप दिन थालिनेछ । एक दुई महिनाभित्र सबैले खोप लगाइ सक्ने छन् । हामी कोभिड र यसको सेरोफेरोको विषयमा कुरा गरिरहेका छौं । अब कोभिडपछिको अवस्थाका बारेमा पनि चर्चा गर्नुपर्ने बेला भइसकेको छ । कतारको कुरा गर्ने हो भने, कोरोनाको सबैभन्दा धेरै असर होटेल र पर्यटन क्षेत्रमा परेको छ । त्यसैगरी अस्थायी क्षेत्रमा काम गर्ने श्रमिकहरू पनि यसबाट प्रभावित भएका छन् । कतार सन् २०२२ मा हुने फुटबल प्रतियोगिताको तयारीमा रहेकाले नयाँ संरचनाहरु धमाधम निर्माण भइरहेका छन् । कोभिडका कारण निम्तिएको मन्दीलाई यो निर्माण र उक्त प्रतियोगिताले समेट्नेमा आशावादी छौं । कतारले विकास र अवसरको क्षेत्रमा फड्को मारेको छ । म कतार आउँदा, कतार निर्माणको अभियानमा थियो । आज कतार खेलकुद र शिक्षाको सुन्दर शान्त शहर बनेको छ । विश्वमै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देशको रुपमा परिचित छ । शान्त वातवाण, हरियाली तथा अग्ला गगनचुम्बी महल कतारका विशेषता हुन् । मरुभुमिको एक राष्ट्र हिरा जस्तै चम्किएको छ । कतारलाई यो अवस्थामा पु¥याउनका लागि श्रमजीवी नेपालीको मिहनेत र परिश्रमको ठूलो भूमिका छ । कर्मभूमिलाई हामीले सजाएका छौं । विश्वसामू चिनाएका छौं ।
अप्ठ्यारोमा सहयोग अप्ठ्यारोमा सधैं जुट्ने हामीले कोरोना भाइरसबाट संक्रमित भएका, अप्ठ्यारोमा परेका र जोखिममा परेकाहरूलाई एकद्वार प्रणालीमार्फत सहयोग ग¥यौं । विभिन्न सघं संस्थाहरूसँग उठाएको रकमबाट खरिद गरेको सामग्री दूतावास मार्फत वितरण गरेका थियौं । गल्फ मुलुकमा काम गर्ने नेपालीहरूले भोग्ने समस्या एकै खालका छन् । उनीहरूले नेपाल फर्कन चाहेका थिए । समस्याग्रस्त नेपालीलार्ई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने सन्दर्भमा पूर्वश्रममन्त्री रमेश लेखकसँग छलफल ग¥यौं । त्यो छलफलले यहाँको अवस्था बुझ्नका लागि मद्दत ग¥यो । छलफलको निष्कर्षसहित रमेश लेखकले परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूलाई भेट्नु भयो । त्यो भेटपछि नेपाल सरकारले २५ हजार नेपालीलाई नेपाल फर्काउने प्रतिवद्धता व्यक्त गरेको थियो । हामीले नवलपरासीमा मजदुरी गरिरहेका गरिब तथा असहायका लागि व्यक्तिगत रूपमा र नेपाली जनसम्पर्क समिति मार्फत सहयोग गरेका छौं । जहाँ बसे पनि हामी नेपाल र नेपालीलाई सहयोग गर्न प्रतिवद्ध छौं । अप्ठ्यारोमा हामी उहाँहरूको ‘नजिकको मान्छे, आफ्नै मान्छे’ बनेर सहयोग गरिरहेका छौं । कतारमा रहेका नेपालीले नेपालमा प्राकृतिक प्रकोप आउँदा पनि सहयोग गरेका छौं । २०७२ सालको भूकम्पमा परी घरबार बिहीन भएकालाई पनि सहयोग ग¥यौं । २०६२÷२०६३ को आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न खोलिएको कोषलाई पनि सहयोग गरेका थियौं । महामारी, विपत्तीको बेला बाहेक हामीले नेपालको शिक्षा, स्वास्थ्य र पुनर्निर्माणका क्षेत्रमा सहयोग गरिहेका छौं । प्रवासमा बसेर मातृभूमिको विकासका लागि सहयोग गर्न पाउनु गौरवको विषय हो । अप्ठ्यारोमा सधैं जुट्ने हामीले कोभिड संक्रमित भएका र जोखिममा परेकालाई एकद्वार प्रणाली मार्फत सहयोग ग¥यौं । विभिन्न सघं संस्थाहरूबाट उठाएको रकमबाट आवश्यक खाद्यान्न खरिद गरी अप्ठ्यारोमा परेकाहरुलाई दियौं । कतार च्यारेटीले पनि नेपाली समुदायलाई मनग्य सहयोग गरेको छ । गल्फ मुलुकमा बस्ने प्रत्येक नेपालीले कोभिडका बेला एउटै किसिमका समस्या भोग्नु प¥यो । समस्यामा परेका नेपालीलाई कसरी नेपाल फर्काउन सकिन्छ भनेर पटक पटक नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत वहरायन, साउदी, ओमान, कतारमा रहेका नेपाली जो घर फर्कन इच्छुक छन् उनीहरुलाई नेपाल सरकारलाई दबाब दिएर घर फर्काउन सकियो, यो हाम्रो लागि सन्तुष्टिको विषय हो । जनसम्पर्क समितिको पहलमा पूर्वश्रममन्त्री रमेश लेखकलाई जुम मार्फत खाडीको दुख सुनाएपछि उहाँले परराष्ट्रमन्त्रीलाई भेटेर त्यहाँका नेपालीलाई नेपाल फर्काउन भनेपछि २५ हजार नेपालीलाई कतारबाट नेपाल फर्केका थिए ।
कतारसम्मको यात्रा
विदेश कोही रहरले जान्छन् । कोही बाध्यताले । बाध्यताले विदेश जाने मध्ये एक हुन कास्कीका सुवेदी । माओवादीको ज्यादती खप्न नसकेर उनी कतार पुग्गेका हुन् । विसं २०४० सालदेखि नेपाली कांग्रेस निकट भएर राजनीतिमा सक्रिय रहेका विमल २०६१ सालको तिहार बिर्सन सकेनन् । जागिर र व्यवसायका कारण गाउँ छाडेर केही समय बजारमा बसेका थिए उनी । तिहारको गाईतिहारे औंशीको दिन घर फर्कंदै थिए, साँझको समयमा । भगवती टार भन्ने ठाउँमा एउटा समूहले उनलाई घे¥योे । ‘पर्स’ देखाउन अर्डर दियो । उनले अर्डर अनुसार पर्स देखाए । त्यसपछि त्यो पर्स कता पुग्यो उनले पत्तोपाएनन् । एउटा समूहले घेरेर नजिकैको जंगलमा पु¥यायो । केही सोधपुछ ग¥यो । त्यतिबेला पनि विमल आफ्नो सिद्धान्तमा अडिक रहे । त्यो समूहमा उनलाई चिन्ने एकजना व्यक्ति पनि रहेछन् । ‘बाहिर केही कुरा फ्लयास नगर्ने सर्तमा छाड्ने कुरा गरे’ चिनेका मान्छेका कारणले हो वा अन्य कारणले आफूलाई छाडेको विमलले अहिलेसम्म पत्तो पाएका छैनन् । त्यो घटनापछि पनि उनले भौतिक आक्रमणको धम्की पटक पटक खेपे । असारमा रोपाई गर्न, मंसिरमा धान काट्न, दशैंमा टिका लगाउन, देउसी, भैलो खेल्न तिहारमा गाउँ घर जान नपाउने भएपछि विमललाई त्यहाँ बस्न मन लागेन । उनी भन्छन, ‘त्यसैले मैले विदेश जाने निर्णय गरें ।’ उनी अहिले कतारको एउटा कम्पनीमा अकाउन्टेन्ट छन् ।