सोसल मिडिया
Contact Us
युनिकोड
रुकुम (पूर्व), २४ माघ । रुकुम (पूर्व) मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लागाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले बताएको छ । जिल्लामा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षित उपस्थिति नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले बताए । उनका अनुसार जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या ४५ हजार ३६९ हो । अहिलेसम्म ३३ हजार ५५१ जना अर्थात् ७३ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५०१ जना अर्थात् ६५.०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।