सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २४ माघ । पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख १५ हजार ४८९ पुगेको छ ।
तेह्रजनाको निधन सङ्क्रमणबाट आज १३ जनाको निधन भएको छ । हालसम्म ११ हजार ८२७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ र कञ्चनपुर रहेका छन् । शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । हाल होम आइसोलेशनमा ३८ हजार ८८३, संस्थागत आइसोलेशनमा एक हजार २२८, सघन उपचार कक्षमा २५५ र भेन्टिलेटरमा ४२ जनाको उपचार हुँदैछ ।
एक लाख बढीले लगाए खोप
आज एक लाख ७८ हजार ५७९ जनाले खोप लगाएका छन् । यस्तै यस अवधिमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज छ लाख २९ हजार २४१ मात्रा लगाइएको छ ।
प्रदेश १ मा २०९ मा कोरोना सङ्क्रमण प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रलयका अनुसार ६३७ जनाको पिसिआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा तीनरतीन, इलाम, सङ्खुवासभा र खोटाङमा दुई÷दुई, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा एकरएक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ३०, बेलबारीमा आठ, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बूढीगङ्गामा पाँचरपाँच, ग्रामथानमा तीन, सुनवर्षीमा दुई, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीयतह नखुलेका एकरएक, सुनसरीको धरानमा ११, इटहरीमा नौ, बराहक्षेत्रमा चार, गढीमा दुई, देवानगञ्ज र इनरुवामा एकरएक र स्थानीयतह नखुलेका तीन, झापाको दमकमा आठ, हल्दिबारी र कनकाईमा तीनरतीन, भद्रपुरमा दुई, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमलगाउँपालिका र स्थानीयतह नखुलेका एकरएकजनामा सङक्रमण देखिएको हो । यसैगरी उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीयतह नखुलेका एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, इलामको इलामनगरपालिका र चुलाचुलीमा एकरएक, सङ्खुवासभाको खाँदबारी र पाँचखपनमा एकरएक, खोटाङको दिप्रुङमा दुई, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजङ्गा र तेह्रथुममा एकरएक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज १८० महिलासहित ४५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुुई महिलाको मृत्यु भएको छ । यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।