खोपमा सबै नागरिकको पहुँच पुर्‍याउन ‘खोज र खोप अभियान’ सञ्चालन गर्दै रुकुम पूर्व 

बुधबार, माघ २६, २०७८
मयुर प्लाई
Global Ime Bank

रुकुम (पूर्व), २६ माघ । जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ ।  कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकले अभियानलाई सफल बनाउनका लागि केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायस्तरमा जाने निर्णय गरेको हो । अन्य जिल्लाको तुलनामा रुकुम ९पूर्व० मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिस बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निष्कर्ष छलफलबाट निस्किएको छ । जिल्लामा  खोप थन्किएको छ । खोप लगाउने मान्छे नआउँदा भने खोप कार्यक्रम प्रभावित बन्न पुगेको बताइएको छ । भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भएपनि पुथाउत्तरगङ्गा गाउँपालिकामा खोप लगाउन मानिस नआउँदा कार्यक्रम नै प्रभावित हुन पुगेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।–रासस 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार