राष्ट्रसङ्घद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत 

शनिबार, माघ २९, २०७८

अफगानिस्तान (काबुल), २९ माघ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ । तालिबानले काबुलमा कम्तिमा नौ विदेशीलाई हिरासतमा लिएको थियो, जसमा एक अमेरिकी र धेरै बेलायती नागरिक थिए, वाल स्ट्रीट जर्नलले बन्दीको आफन्त र म्याटसँग परिचित स्रोतलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गरेको थियो ।
ग्ल्ब्ःब् अफगानिस्तानका अधिकारीले पत्रकारलाई रिहा गरेकोमा स्वागत गर्दछ । सबै मनोमानी नजरबन्द अन्त्य गर्ने समय आएको छ । कुनै अफगान वा अन्तरराष्ट्रिय पत्रकार वा नागरिक समाजका कार्यकर्ता कसैलाई पनि बन्दी बनाइनु हुँदैन । 
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (ग्ल्ज्ऋच्)ले युएनएचसीआरसँग काम गरिरहेका दुई पत्रकार र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकको काबुलमा रिहाइ भएको पुष्टि गर्न पाउँदा खुसी लागेको बताए ।
हामी चिन्ता व्यक्त गर्ने र सहयोग प्रस्ताव गर्ने सबैप्रति आभारी छौँ । हामी अफगानिस्तानका जनताप्रति प्रतिबद्ध छौँ, भने । ग्ल्ज्ऋच्, संयुक्त राष्ट्र शरणार्थी एजेन्सी ग्ल्ब्ःब् अफगानिस्तानका अधिकारीले पत्रकारलाई रिहा गरेकोमा स्वागत गर्दछ ।– रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार