सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १ फागुन : नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ११ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट ५३ लाख ४० हजार १८६ र एन्टीजेन विधिबाट १० लाख १७ हजार २४८ गरी कूल ६३ लाख ५७ हजार ४३४ जनाको कोरोना परिक्षण गरिएको छ । विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।
देशभर ५२१ कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु
नेपालोमा पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ११५ जनाको स्वाब परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ८९२ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ। हाल देशभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।