बज्रबाराही अस्पतालका अध्यक्षले गरे पदभार ग्रहण

मंगलबार, फागुन ३, २०७८

ललितपुर, ३ फागुन : बज्रबाराही चापागाउँ अस्पतालका नवनियुक्त अध्यक्ष कृष्णचन्द्र महर्जनले पदभार ग्रहण गरेका छन् । महर्जनले सोमबार बज्रबाराहीस्थित अस्पतालमा पदभार ग्रहण गरेका हुन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले महर्जनलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा आइतबार मनोनित गरेको थियो । महर्जनले अस्पताललाई ललितपुर जिल्लाकै नमूना अस्पताल बनाउन आफू तल्लीन रहेन प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘समस्यालाई सल्टाउँदै चुनौतीलाई अवसरको रुपमा लिएर यो अस्पताललाइ जिल्लाकै उत्कृष्ट अस्पताल बनाउन खट्छु । ’ उनले अस्पताल प्रशासन, नगरवासी र जिल्ला र प्रदेशको सल्लाह लिएर अघि बढ्ने बताए ।

सहकारी एबम् विद्यालय संचालनको क्षेत्रमा क्रियाशील महर्जन नेपाली कांग्रेसका जिल्ला स्तरका नेता हुन् । बज्रबाराही चापागाउँ अस्पतालले दक्षिण ललितपुर र मकवानपुरका नागरिकलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उनलाई कर्मचारी र स्थानीय बुद्धजिवीले स्वागत गरेका थिए । निमिक्त अस्पताल प्रमुख हिराबहादुर कार्कीले अस्पतालमा समस्या र चुनौतीसँगसँगै अवसर पनि रहेको बताए । उनले भने, ‘ जनशक्ति व्यवस्थापन र अस्पताल सुहाउँदा पूर्वाधार अत्यावश्यक छ, त्यसलाई प्राथमिकता राखेर काम गर्नुपर्छ ।’

गोदावरी नगरपालिका अन्तर्गत रहेको यो अस्पतालाई तीन अघि मात्रै बागमतीप्रदेश सरकार मातहतमा राखिएको थियो । जिल्ला अस्पतालको रुपमा रहेकोले अस्पताललाई नमूना अस्पताल बनाउन नयाँ नेतृत्वलाई सक्दो सहयोग गर्ने कार्कीले प्रष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार