लक्ष्यभन्दा १० वर्ष अघि नै चीनले पूरा गर्यो गरिबी निवारणको लक्ष्य 

अब चीन पनि पूर्ण पूर्ण गरिबी हटेको मुलुकको सूचीमा 
आइतबार, फागुन १६, २०७७
मयुर प्लाई
Global Ime Bank

बेइजिङ । चीन पनि अब पूर्ण गरिबी निवारण गरेको मुलुकको सूचीमा उक्लिएको छ । १० करोड आफ्ना नागरिकलाई गरिबी निवारण गराए पछि चीन यो सूचीमा उक्लिएको हो । चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पु¥याउने चीनले विश्वास व्यक्त गरेको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा सञ्चारकर्मीहरूसँग बोल्दै भने, ‘गरिबी चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएका छन् । यसलाई हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धिका रूपमा चीनले लिएको छ भने विश्वका लागि यो एक उदाहरणीय काम हो ।’  विश्वको जनसंख्याको करिब २० प्रतिशत स्थान ओगटेको चीनमा गरिबी निवारण हुनुलाई संयुक्त राष्ट्रसंघलगायतका संस्थाहरूले प्रशंसा गरेका छन् । यो नियमित प्रगति चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि भएको चीनको दाबी छ ।
विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोड भन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा छन् । कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेपनि चीनले चीनले धेरै कठिनाईलाई जितेर समयमै पूर्ण गरिबी उन्मुलन गरेको चिनिया गरिबी निवारण कार्यक्रमको दावी छ ।  विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीको अवस्थाबाट मुक्त गर्न नसकेको तर चीनले सफलताका साथ इतिहास रचेको चीनले आफ्ना अन्तर्राष्ट्रिय मञ्चमा बताउने गरेको छ । चिनियाँ नमूनाबाट अरु देशले गरिबी निवारणका लागि पाठ सिक्न सक्ने देखिन्छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार