सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

मंगलबार, फागुन ३, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ,३ फागुन । सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएकाे छ ।  यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार