तोलामा ५०० ले घट्यो सुनको मूल्य

आइतबार, फागुन १६, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ५०० रुपैयाँले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो । 
यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार