कोरोनाका कारण ६ जनाको मृत्यु, थपिए ५७० जना नयाँ संक्रमित 

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।  पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।  हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार