भारतमा शुक्रबार थपिए २६ हजार कोरोना सङ्क्रमित

शुक्रबार, फागुन ६, २०७८

नयाँदिल्ली, ६ फागुन । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङक्रमण सुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।  सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ६६ हजार २५४ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख ७७ हजार २३८ जना सङ्क्रमणमुक्त भएका छन् ।   अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ४९२ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ९०५ को मृत्यु भइसकेको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार