अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

आइतबार, फागुन ८, २०७८

अमेरिका (वासिङ्टन), ७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् । “कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले सङ्घीय सरकारको पूर्णक्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
पुष्टि भएका सङ्क्रमण केसको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९  सङ्क्रमितको कुल सङ्ख्या आठ करोड नाघेको छ । त्यसैगरी पाँच करोडभन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९५८,३०० सङ्क्रमितको मृत्यु भइसकेको छ ।– एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार