सुनको मूल्यमा ४०० रुपैयाँ वृद्धि

सोमबार, फागुन १७, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ८८ हजार ३०० रुपैयाँमा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने ८८ हजार ७०० रुपैयाँ मूल्य कायम भएको छ । त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा कारोवार भएकोमा आजका लागि ८८ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तोलामा एक हजार ३२५ रुपैयाँमा आइतवार कारोवार भएको चाँदी आजका लागि भने पाँच रुपैयाँले वृद्धि भई एक हजार ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार