सिरम इन्स्टीच्यूटले विश्वका धेरै देशलाई कसरी दिन सक्यो कोभिड खोप

काेराेना खाेप
सोमबार, फागुन १७, २०७७

काठमाडौं । विश्वलाई नै समस्यामा पारेको  कोरोना भाइरसविरुद्धको लडाई जित्न खोप उपलव्ध गराउने दौडमा भारतको एउटा औषधि निर्माता कम्पनीले अग्रणी भूमिका निर्वाह ग¥यो । यो कम्पनी हो द सीरम इन्स्टीच्यूट अफ इन्डिया (एसआईआई) । एसआईआई यस्तो कम्पनी होइन जसका बारेमा घर–घरमा चर्चा यसअघि भएको होस् ।  यो कम्पनी विश्वकै सबै भन्दा ठूलो खोप उत्पादक कम्पनीका रुपमा चिनिन्छ । पुणे (महाराष्ट्र) स्थित आफ्नै प्लान्टमा यो कम्पनीले प्रत्येक वर्ष १.५ बिलियन अर्थात डेढ अर्ब डोज खोप उत्पादन गर्छ । अहिले एसआईआईले एस्ट्राजेनेका औषधि निर्माता कम्पनीको लाइसेन्समा कोभिडविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ । कम्पनीका मुख्य कार्यकारी अधिकारी (सीईओ) अदार पूनावालाले भने, ‘हामीले सन् २०२० मा केही भ्याक्सिन सिसिमा औषधि हालेका थियौं, जसलाई मान्यता प्राप्त भइसकेको थिएन । यो एकदमै जोखिमपूर्ण कार्य थियो हाम्रा लागि । हाम्रो पुरानै मान्यताका आधारमा अक्फोर्डका वैज्ञानिकको क्षमता विश्वास गरेर यो कार्य गरेका हौं ।’  अक्सफोर्ड तथा एसआईआई मिलेर यसअघि मलेरियाको भ्याक्सिन बनाइसकेको छ ।   सीरम इन्स्टीच्यूट अफ इण्डिया एउटा निजी कम्पनी हो । निजी कम्पनी भएकै कारण सीईओ पूनावाला तथा अक्सफोर्डका वैज्ञानिकबीच छिट्टै निर्णय लिन सक्ने वातावरण बन्यो ।  निर्णय छिटो गरेर मात्रै भएन त्यसका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बन्यो हाम्रा लागि उनले भने, ‘एआईआईले कोभिड खोप उत्पादन योजनाका लागि करिब २६० मिलियन डलर लगानी गरेको छ । बाँकी रकम कम्पनीले बिल गेट्स जस्ता धनाढ्य व्यक्ति तथा केही देशबाट जुटाएको थियो ।’ सन् २०२० सम्ममा कोभिड खोप उत्पादन गर्न एसआईआईले ८०० मिलियन डल जम्मा गरिसकेको थियो । 

कसरी बनायो यति ठूलो मात्रामा खोप 
एसआईआईले यति ठूलो परिमाणमा कोभिड खोप कसरी बनाउन सक्यो होला यो जिज्ञासा उठ्नु स्वभाविक पनि हो । एसआईआईले यति ठूलो परिमाणमा कोभिड भाइरसविरुद्धको खोप निर्माण गर्ने तयारी कसरी ग¥यो होला ? कम्पनीका अनुसार अप्रिल २०२० मा अदार पूनावालाले खोपका लागि सिसि, फिल्टर्ससम्म कुन वस्तु कति आवश्यक पर्ने आँकलन गरिसकेका थिए । पूनावालाले भने, ‘हामीले ६०० मिलियन खोप राख्ने सिसि खरिद गरिद गरिसकेका थियौं । सेप्टेम्बर महिनामै यो सिसि कम्पनीको गोदाममा राखि सकेका थियौं ।

खोप उत्पादन गर्ने योजनाका लागि यो रणनीति महत्वपूर्ण पनि थियो । त्यसैका आधारमा हामीले जनवरीमा ७०–८० मिलियन डोज खोप उत्पादन गर्न सकेका हौं । हामीले जोखिम उठाएकै कारण यो सम्भव भएको हो । अगस्टदेखि खोप बनाउन सुरु गरेका हौं । उनले भने, विश्वका अन्य कम्पनीले पनि यस्तो चुनौती मोलेको भए विश्वका सामु अहिले धेरै खोप उपलव्ध भइसक्थ्यो ।’  अदार पूनावालाले विश्वव्यापी रुपमा भ्याक्सिनको नियामन प्रणालीबीच आपसी सामन्जस्यको अभाव रहेको तितो यथार्थ सम्झन्छन् । सोही कारण खोप आउन ढिलाई भएको भन्दै उनले नियामन प्रणालीको आलोेचन पनि गर्न भ्याए । उनले भने, ‘बेलायतको मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (ईएमए), अमेरिकाको फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेशन (एफडीए), युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए)सहित विश्वका अन्य नियामक एजेन्सि मिलेर अधिकतम मानक तयर पारे छिटो भन्दा छिटो सहमति बनाउनु पर्ने थियो । सबै मिलेको भए यो सम्भव पनि थियो ।’ यस्तो अवस्था नबनाएको भन्दै उनले भारत सरकारसहित विश्वका अन्य  सरकारको पनि आलोचना पनि गरे । उनी भन्छन्, ‘नियामक निकायहरुले एउटा कुनै अन्तर्राष्ट्रिय मानकमा सहमति गरिदिएको अझै छिटो खोप बजारमा आउन सक्थ्यो । हामी अहिले पनि आपसी सामन्जस्य किन गर्न सक्दैनौ । समय बचाउने बारेमा हामी किन सोच्न सक्दौनौ ?’ 

पूनवाला कोरोना भाइरसको नयाँ भेरिएन्टलाई लिएर त्यति चिन्तित छैनन् । उनी भन्छन्, ‘जो व्यक्तिले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लिएका छन् उनीहरु अहिलेसम्म अस्पताल जानु परेको छैन । कुनै यस्तो केश पनि देखिएको छैन जहाँ बिरामीको ज्यान जोखिममा परेको भन्दै भेन्टिलेटरमा लैजान परेको होस् ।’ कोरोना खोपले मानिसको जीवनलाई रक्षा गर्ने उनको दाबी छ । भारतमा सीरम इन्स्टीच्यूट अफ इन्डिया विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । कोरोना भाइरसविरुद्धको खोप निर्माता कम्पनीले अगस्ट महिनासम्म कबिर ३०० करोड मानिसलाई कोभिड खोप लगाउन सक्ने गरी खोप उत्पादनको तयारीमा जुटेको छ । ब्लुमबर्गको एक रिपोर्ट अनुसार अहिलो कोभिड खोप लगाुनपर्ने सूचीकामध्ये केवल ५६ प्रतिशत मात्रै खोप लगाउन अघि आएका छन् । पूनावालाले भने, ‘केही सेलिब्रेटी तथा गैर विशेषज्ञाले कोभिड खोप सुरक्षित छैन भनिदिएका कारण मानिसहरुमा द्विविधा आइरहेको छ । सेलिब्रेटी तथा जिम्मेवार पदाधिकारीलाई धेरै नै सोचेर मात्रै आफ्ना भनाई राखिदिन अनुरोध पनि गरेका छन् ।–एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार