सोसल मिडिया
Contact Us
युनिकोड
ढाका, ९ फागुन । बङ्गलादेशले कोभिड– १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्ध अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका छन् । उनले अब बङ्गलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धको समय नथप्ने जानकारी दिएका हुन् । बङ्गलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्ध लगाएको थियो । विद्यालय, विश्वविद्यालयदेखि होटल बन्द गर्ने देखि लिएर सार्वजनिकस्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्ध लगाइएको छ । ती प्रतिबन्धको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले बताए ।–रासस/सिन्ह्वा