सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२० पैसा, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ । फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य एक हजार ४०० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा एक अर्ब ५४ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६ रुपैयाँ, डिजेलमा ८.२२ रुपैयाँ, मट्टितेल नोक्सान हुने जनाइएको छ ।–रासस