यस वर्ष वैदेशिक लगानीका १२९ उद्योग दर्ता

वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो
शुक्रबार, फागुन १३, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, १३ फागुन : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १२९ उद्योग दर्ता भएका छन् । 

उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कूल उद्योगको संख्या ५ हजार ३६६ पुगेको छ । 

नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३१९ ठूला, ५६६ वटा मझौला र ४ हजार ४८१ वटा साना रहेका छन् । 

उद्योगमा कूल स्वीकृत विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२ प्रतिशतले वृद्धि भई ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको उद्योग विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी बोर्ड नेपाल मार्फत एक खर्ब ७ अर्ब ८६ करोड र उद्योग विभाग मार्फत ३० अर्ब ५६ करोड २२ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार