१५५ सङ्क्रमित थपिए

शनिबार, फागुन १४, २०७८

काठमाडौँ, १४ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १५२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ७७१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार ३०९ रहेको छ ।  पछिल्लो समय थप ५४० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ९९८  पुगेको छ ।  
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २९ हजार ११९ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८३९ रहेको छ । अहिले होम आइसोलेसनमा आठ हजार ५७८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २६१, आइसीयूमा ९२ र भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार