ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि

शनिबार, फागुन १४, २०७८
मयुर प्लाई
Global Ime Bank

कोलम्बो, १४ फागुन । श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ । बजारको एक तिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारीअनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डीजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढिरहेको छ । यो वृद्धि तीन हप्ताअघि सात प्रतिशत मूल्य वृद्धिपछि भएको हो र यसले यस पहिले नै उच्च अवस्थामा पुगेको मुद्रास्फीतिको बढ्दो दबाबलाई थप्नेछ । 
कोभिड–१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि यो द्वीप आर्थिक सङ्कटको चपेटामा परेको छ । सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा व्यापक आयात प्रतिबन्ध लगाएको थियो ।
अहिले मुलुकमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको व्यापक अभाव भइरहेको छ । सुपरमार्केटमा चामल, चिनी र दूधपाउडर लगायतका आधारभूत खाद्य पदार्थको अभाब भएको देखिएको छ । 
यस अभावले गर्दा गत महिना खाद्यन्न मुद्रास्फीति २५ प्रतिशत पुगेको र समग्र मुद्रास्फीति १६.८ प्रतिशत पुगेको छ ।  
राज्यद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले तत्काल ऊर्जा मूल्य संशोधन गरेको थिएन, तर यसका अधिकांश पम्पहरूमा धेरै दिनदेखि इन्धनको अभाव थियो ।  ऊर्जा मन्त्री उदय गमन्पिलाले यस हप्ता ‘केही दिनमा’ इन्धनको अभाव कम हुने आशा गरेको घोषणा गरेका थिए, तर सीपीसीको घाटालाई नियन्त्रण गर्न तीव्र मूल्य वृद्धि आवश्यक रहेको चेतावनी दिएका थिए ।
सीपीसीले नगद सञ्चार अभावको सामना गरेको र ३.५ अरब अमेरिकी डलरभन्दा बढी ऋण बोक्दै गरेको मन्त्री गमन्पिलाले बताउनुभएको छ । गत वर्षको लागि सीपीसीको नोक्सान ४५ करोड अमेरिकी डलर भएको उनले जानकारी गराए ।
उनले भने, “यस पहिले हामीलाई तेल आयात गर्न डलर कम थियो । अब हामीसँग डलर खरिद्का लागि पैसा छैन ।” 
यसैबीच, इन्धनको मूल्य वृद्धिका कारण विद्युत् उपयोगिताको वृद्धि भएको छ भने विद्युत उत्पादनका लागि इन्धनमा आश्रित थर्मल विद्युत् केन्द्रले उत्पादन खर्च ब्यहोर्न नसकेपछि केही थर्मल विद्युत् केन्द्र बन्द भएका छन् । 
गत वर्षको अन्तदेखि तीन अन्तरराष्ट्रिय ‘रेटिङ एजेन्सी’ले ३५ अर्ब अमेरिकी डलर सार्वभौम ऋण सेवा गर्न नसक्ने डरले यस द्वीपलाई कम गरेका छन् । श्रीलंकाले आफ्नो विद्यमान चिनियाँ ऋण चुक्ता गर्न बेइजिङबाट थप ऋण पनि मागेको छ, जुन देशको बाह्य ऋणको लगभग १० प्रतिशत रहेको छ । विगतमा आधारभूत संरचना परियोजनाका लागि अधिकारीले चीनबाट भारी ऋण लिएका र यसमध्ये केही असुल भइसकेका छन् ।– रासस/एएफपी  

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार