गगन थापाको प्रश्न, 'नेपालको संविधान भन्दा माथि कोही हुन्छ ?'

आइतबार, फागुन १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, १५ फागुन : नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता 'हावा कुरा' नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् । 

'धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?,' उनको प्रश्‍न थियो, 'नेपालको संविधानभन्दा माथि केही हुन्छ?' उनले भने । 

 नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अनर्तगत सहमति हुने पनि शर्माले दाबी गरे । 

सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार