सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्य रुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै दुई खर्ब ५० अर्ब रुपैयाँ आयो । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मध्यह्नसम्ममा ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भइरहेको छ । १२ अर्बको दैनिक कारोबार भइरहेकोमा केही दिन यता नराम्रोसँग गिरावट आएको छ । कारोबर घट्दा लगानीकर्ताहरू चिन्तित देखिएका छन् । यो समाचार तयार पार्दासम्म नेप्सेमा आज २४१९.५१ विन्दुमा कारोबर भइरहेको छ । लगानीकर्तारू २३७० बिन्दुमा सर्पाेट पाई बजार बढ्ने आशामा छन् ।