नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी दीक्षित 

बिहीबार, फागुन १९, २०७८
मयुर प्लाई

भक्तपुर, १९ फागुन : नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका तीन सय  विद्यार्थी दीक्षित भएका छन् । पोखरा विश्वविद्यालयका डीन प्रा.डा राजेशकुमार ठगुराठीले १७ औँ दीक्षान्त समारोहमा बुधबार दीक्षित गराएका हुन् ।

कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उत्तीर्ण दुई सय ९८ विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक उत्तीर्ण दुई सय ३९ र स्नाकोत्तर उत्तीर्ण ५९ विद्यार्थीलाई दीक्षित गरिएको हो । 

कोरोना भाइरस कोभिडका कारण विश्वविद्यालयका सबै विद्यार्थी एकैठाउँमा राखेर दीक्षित गर्दा धेरै भीडभाड हुने भएकाले कलेजमै दीक्षान्त समारोह कार्यक्रम गरिएको कार्यक्रममा बताइयो । 

कार्यक्रममा डीन ठकुराठीले बजारमा आवश्यक जनशक्ति पूर्ति गर्ने हिसावले रोजगारमुखी विषयवस्तु राखेर विश्वविद्यालयले अध्ययनअध्यापन गराइरहेको बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार