सङ्क्रमित सयभन्दा कम

शनिबार, फागुन २१, २०७८

काठमाडौँ, २१ फागुन । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण एक सयभन्दा कम पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार २२० को  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ४४७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ५४९ रहेको छ ।  पछिल्लो समय थप ३६२ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ५८ हजार ५५५ पुगेको छ । निको हुने दर ९८ दशमलव एक प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा यस रोगबाट हुने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ८६१ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९४७ रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार