अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट सङ्क्रमित

शनिबार, फागुन २१, २०७८

वासिङ्टन, २१ फागुन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (ऋम्ऋ)ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएको देखाएको छ । सङ्क्रमणबाट एन्टिबडी प्रकट गर्ने रक्त परीक्षणबाट CDC को अनुमानअनुसार १४० मिलियनभन्दा बढी अमेरिकीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकी भाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । बालबालिका र वयस्कमा सङ्क्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकामध्ये ५८ प्रतिशतमा प्राकृतिक सङ्क्रमण को एन्टिबडी छ ।–रासस/एपी
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार