तोलामा एक हजार रुपैयाँ सस्तियो सुन

बिहीबार, फागुन २०, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजार रुपैयाँले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधबार कारोबार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार ८७ हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ । साथै बुधबार एक हजार ३१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार