महिलाले सधैं तीनवटा तहको लडाइँ लड्नुपर्छ ः कान्तिका सेजुवाल

बुधबार, फागुन २५, २०७८
मयुर प्लाई
Global Ime Bank

जुम्ला, २५ फागुन । चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले महिलाले जहिले पनि तीनवटा निकायसँग लड्नु पर्ने बताएकी छन् । 
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले पारिवारिक संरचना, समाज र राज्यसत्तासँग अहिले पनि महिला लड्दै आएको बताइन् । 

Avatar

'हामी महिला घरमा कन्भिन्स गराएर निस्किएपछि समाजको सञ्जाल डरलाग्दो र ठूलो छ, त्यसको सामना गर्न यति सजिलो छैन' उनले भनिन् । 

जबसम्म यी संरचना तोड्न सकिँदैन तबसम्म अर्को संरचनामा जान नसकिने उनको भनाइ छ ।  पुरुषप्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै असहज भएको उनी बताउँछिन् ।  

'महिलाको क्षमता जति धेरै भए पनि त्यो कुराको कदर नगर्ने समाज छ । एक्लै हिँड्दा, बोल्दा बस्दा महिला भएकै कारण आफूलाई संकुचित बनाउनुपर्ने अवस्था छ । सबै पुरुष उस्तै छैनन्, तर पुरुषप्रधान सोच जीवित भएका कारण अगाडि बढ्छु, केही गर्छु भन्दा अप्ठेरो छ' उनले भनिन् ।

Avatar

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले महिलाका लागि पछिल्लो समय धेरै अवसरहरु प्राप्त भएको भए पनि ति पर्याप्त नभएको बताइन् । 'हाम्रो हजुरआमाको जमानामा भन्दा हामीले धेरै अवसर पाएका छौँ ' उनले भनिन्, 'संविधान र कानुनले पनि महिला सहभागितालाई अनिवार्य गरेपछि सहभागिता गराउनुपर्ने अवस्था सिर्जना गरायो ।'

पछिल्लो समय महिलाको पक्षमा कानुनहरु बने पनि कार्यान्वयन पक्ष फितलो भएको बताइन् । उनले सामाजिक सञ्जालका कारण पनि महिलामाथि हुने हिंसाका घटनाहरु सहजरुपमा बाहिर आउन थालेको बताइन् । 

चन्दननाथ नागरपालिकाको महिला शाखामा कार्यरत पुष्पा थापाले घटनालाई राजनीतिक आवरणले ढाक्दा हिंसाका घटना झन् बढेको बताइन् । 'आफन्तले गल्ती गर्दासमेत हात नकमाइ सजाय दिन सकियो भने मात्रै समाजमा महिला हत्या, हिंसाका घटनामा कमी आउँछ' उनले भनिन् । 

जिल्ला समन्वयन समितिका प्रमुख लालबबहादुर सार्कीले महिला कानुन, रोजगारी, आर्थिक सवलीकरण, सशक्तीकरणलगायत पक्ष  बलियो हुन जरुरी रहेको बताए ।  उनले नारीमाथिको विभेदको अन्त्य कानूनी उपचारबाट सम्भव हुने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार