फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो

शनिबार, फागुन २८, २०७८

वासिङटन, २८ फागुन । कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीयरुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीयरुपमा कमी गराएको पाइएको बताइएको हो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका पाँचदेखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको सङ्क्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो । त्यसैगरी १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार