झन्डै १३ अर्बको धान आयात 

शनिबार, फागुन २८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, २८ फागुन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । 
सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।  
केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार