अर्जेन्टिनी राष्ट्रपतिद्वारा आईएमएफबाट लिएको कर्जा सम्झौता अनुमोदनका लागि संसदको सराहना 

शनिबार, फागुन २८, २०७८
मयुर प्लाई
Global Ime Bank

ब्युनोस आयर्स, २८ फागुन । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले शुक्रबार चेम्बर अफ डेपुटीले ४४.५ अर्ब अमेरिकी डलर कर्जा पुनर्निर्माण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषसँग गरेको सम्झौताको स्वागत गरेका छन् ।  उक्त सम्झौताले देशको ऋणभारलाई कम गर्ने बताइएको छ । फर्नान्डेजले भने, “अर्जेन्टिनासँग भएको धेरै गम्भीर समस्या समाधान गर्न हामीले एउटा महत्वपूर्ण कदम चालेका छौँ र यसले लामो समयसम्म अर्जेन्टिनाको आर्थिक व्ययलाई सहयोग पु¥याउने विश्वास सरकारले लिएको छ । चैम्बर अफ डेपुटीहरूले शुक्रबार उक्त सम्झौतालाई अनुमोदन गरी अनुमोदनको लागि सिनेटमा पठाएका थिए । व्यवस्थापिकाको तल्लो सदनमा अनुमोदनका लागि पेश भएको उक्त सम्झौताको पक्षमा २०२ र विपक्षमा ३७ मत खसेको छ भने १३ जनाले निर्वाचन प्रक्रियामा सहभागिता जनाएनन् ।
सत्तारूढ फ्रेन्टे डे टोडोस पार्टी र मुख्य विपक्षी दलका अधिकांश प्रतिनिधीहरू, जुन्तोस पोर एल क्याम्बियोले यस सम्झौतालाई अनुमोदन गरे भने वामपंथी र उदार विधायकहरूले विपक्षमा मतदान गरे । यो सम्झौता अझै पनि सीनेट र आई एमएफ कार्यकारी बोर्डद्वारा अनुमोदन गर्नु आवश्यक छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार