भक्तपुरमा कौशीखेती मेला

बुधबार, चैत २, २०७८
मयुर प्लाई
Global Ime Bank

भक्तपुर, २ चैत । मध्यपुरथिमि नगरपालिकाले यहाँको दुई पोखरीमा आयोजना गरेको कौशीखेती मेलामा १० हजार बढीले अवालकेन गरेका छन् । स्थानीयस्तरमा कौशीखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा युएन ह्याविटेडको समन्वयमा नगरपालिकाको आयोजनामा मङ्गलबार सम्पन्न मेलाको समाजसेवी राधिका शाक्यले शुभारम्भ गरेका थिए । कौशीखेतीबाट प्रभावित भएर आफूले पनि कौशीखेती गरेको जनाउँदै उनले देशैभरि घरघरको कौशीमा तरकारी उत्पादन गर्न सकेमा विदेशबाट निर्यात हुने तरकारीलाई घटाउन सकिने र स्वदेशी पैसा विदेशिनबाट रोकिने बताए । 

कार्यक्रममा मध्यपुरथिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन घट्दै गएको अवस्थामा तरकारी उत्पादनका लागि वैकल्पिक खेती प्रणाली अपनाउन नगरपालिकाले प्रोत्साहन गरेको जानकारी दिए ।  नगरपालिकाले यहाँका ३०० बासिन्दालाई कौशीखेती र प्राङ्गारिक मल उत्पादनबारे तालिम प्रदान गरेको छ । कार्यक्रममा एन्फो का कार्यकारी निर्देशक भावना शर्माले घरघरमा उत्पादन हुने फोहर पानी र कुहिने फोहरलाई व्यवस्थापन गरी कौशीखेतीमा प्रयोग गर्न सजिलो भएको बताए । मेलामा २५ वटा प्रदर्शनी स्थल राखिएका थिए भने कौशीखेती गर्ने एक हजार ३०० महिलाको सहभागिता थियो । मेलाको स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायलगायत १० हजारले अवलोकन गरेका जनाइएको छ  । सो अवसरमा उत्कृष्ट कौशीखेती गर्ने दुई समूहलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

मेलामा महिलाले आ–आफ्ना कौशीमा फलाएका हरिया तरकारी, माटोबिनै तरकारी फलाउने हाइड्रोपोनिक प्रविधि, आकाशेपानी सङ्कलन र फोहरपानीको प्रयोग, फोहरको व्यवस्थापन, प्राङ्गरिक मल उत्पादन बनाउने विधि, विभिन्न कृषि प्रविधि, कृषि औजार, तरकारी र च्याउका प्रजातिलाई प्रदर्शनी कक्ष राखिएको थियो । रासस
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार