सोसल मिडिया
Contact Us
युनिकोड
वाशिङ्टन । अमेरिकी अर्थतन्त्रले फेब्रुअरीमा ६.२ प्रतिशतमा झरेको अमेरिकी श्रम मन्त्रालयले बताएको छ । विश्वव्यापी महामारीका कारण सन् २०२० मा अमेरिकी बजार व्यवस्थामा परेको प्रभाबका कारण कमजोर बनेको आर्थिक वृद्धिदरमा कोरोना भाइरसविरूद्धको खोपको आगमनसँगै वृद्धि देखिन थालेको छ । अमेरिकामा खोपको आगमनसँगै निजी तथा सरकारी संघसंस्थाहरूमा आएको विश्वासले फेब्रुअरीमा रोजगारीको सङ्ख्यामा यस पहिले अपेक्षा गरिएभन्दा सुधार आएको हो । कोभिडपछि अमेरिकामा रोजगारदरमा उल्लेखनीय लाभ मिलेको यो पहिलो पटक हो । महामारीको बेलामा व्यापार प्रतिबन्धले अमेरिकी अर्थतन्त्रमा परेको प्रभावमा अमेरिकामा खोप अभियान थालेसँगै आउन थालेको हो । फेबु्रअरीमा अमेरिकी बजारमा थप तीन लाख ५५ हजार रोजगारी थपिएका छ । यद्यपि महामारीले श्रम बजारमा निरन्तर असर गरिरहेको र आर्थिक वृद्धि र रोजगार दर महामारी पहिलेको अवस्थामा पुग्न अझै केही महिना लाग्नसक्ने अमेरिकी अधिकारीहरूको पक्षेपण रहेको छ । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ लाई हेर्ने दृष्टिकोणका कारण धेरै नागरिकले ज्यान गुमाएका र यसका कारण बजार व्यवस्था पनि प्रभावित बनेको नयाँ सरकारको ठहर रहेको छ ।– एएफपी