विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

शुक्रबार, चैत ४, २०७८
मयुर प्लाई

बलेवा, ४ चैत । यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ । बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ मा अध्ययनरत काजल काउचाले अभिभावकलाई समेत आजको खाजा के हुन्छ भन्ने जानकारी गराएर विद्यालय जान्छन् । काठेखोला गाउँपालिका–७ को रेशगाउँबाट आउँदा डेढ घण्टा बाटो हिँडेर विद्यालय पुग्ने काउचालाई खाजाले विद्यालय जाऔँ जाऔँ बनाउने गरेको छ । 

बिहान ८ बजे नै खाना खाएर आउने काजल दिउँसै भाेकाउँछन् । दिउँसोको खाजा खाने खर्च नहुँदा दिउँसो १ बजे नै घर फर्किने  काजल आजभोलि साँझ ५ बजे मात्रै घर गुग्छन् । कारण विद्यालयमा नै उनको रुचिअनुसारकै खाजा खान पाइन्छ । सबै समय पढेर घर फर्किंदा पनि उहाँले भोकाउनु पर्दैन । यसअघि उनीको पढाइ राम्रो चलेको थिएन । उनी मात्र हैन कक्षा ५ मा पढ्ने बिराज परियारको समस्या पनि उस्तै हो । पैसा तिरेर खाजा खाने क्षमता नभएपछि भोकभोकै पढ्न बाध्य थिए । भोकभोकै पढ्न नसक्दा धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने समस्या थियो । 

यो समस्या चालु शैक्षिक वर्षदेखि घटेको छ । शिक्षा मन्त्रालयले पोषण भत्तास्वरुप मासिक रु ४५० दिन थालेको छ । उक्त पैसाबाट अभिभावकलाई अन्न वा खाजाका लागि चाहिने सामग्री खरिद गरेर दिइन्छ । त्यसपछि बालबालिकाले घरमै खाजा बनाएर ल्याउने गरेका छन् । दिउँसो खाजा खाएर उनीहरु विद्यालय समयभर बस्न थालेको प्रधानाध्यापक दीनानाथ गौतमले बताए । ‘यहाँ अधिकांश समय चिसो हुन्छ, त्यसमाथि बिहानै ८ बजे खाना आएर हिँडेका बालबालिका दिउँसै भोकाउँछन्, त्यसैले उनीहरुलाई खाजा चाहिएको थियो”, उनी भन्छन्, “यस्तो खाजाको व्यवस्था गरेपछि मात्रै सातौँ पिरियडसम्म बालबालिका बस्न थालेका छन् ।” विद्यालयले साताको ६ दिनसम्म कुन बार कुन खाजा खाने भन्ने क्यालेन्डरसमेत बनाएको उनले बताए । 

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार